मकवानपुर गढी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत, कुल बजेट ४९ करोड ९० लाख ५८ हजार

२०७६ असार १०,मंगलवार १८:२६

मकवानपुर १० असार । मकवानपुर गढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६–०७७ को लागि आज (मंगलबार) नीति तथा कार्यक्रम प्रस्ततु गरिएकोे छ ।

नीति तथा कार्यक्रममा गाउँपालिकाले व्यवसायिक पशुपालन, कृषिलाई उद्यम र युवालाई उद्यमी” को रुपमा स्थापित गर्न विषयगत दिवस र कार्यक्रमहरु लक्षित गरी सम्मान र प्रोत्साहनका लागि अनुदान गर्ने, पकेट क्षेत्रको आधारमा प्रत्यक घरले ५ फलफुलको विरुवा लगाउने अभियानलाई आगामी आर्थिक वर्षबाट अनिवार्य लागू गर्नुपर्ने भएको छ ।

त्यस्तै गाउँपालिकाले अतिविपन्न, दलित र लोपउन्मुख परिवारलाई २ वटा भन्दा बढी गाई वा ५ वटा भन्दा बढी बाख्रापालन कार्यक्रमका लागि “घर–घरमा काम, हात–हातमा दाम कार्यक्रम’ संचालनको लागि समूह निर्माण गरि तालिमसहित अनुदान उपलब्ध गराउने छ ।

गाउपालिकाले दलित, अपांग तथा अतिविपन्न घर परिवारमा एक घर एक टनेल कार्यक्रम संचालनको लागि अनुदान, “आर्थिक वृद्धिको मूलआधार, दुग्ध उत्पादनमा अनुदान’ कार्यक्रमअन्तरगत आगामी आर्थिक वर्षबाट प्रतिलि. ५० पैसा प्रतिकिसान सहकारी संस्थामार्फत उपलब्ध गराउनअनुदानको व्यवस्था गरिएको छ ।

“प्रत्येक घरको सदस्य सहकारीमा, सहकारी हाम्रो जीवनमा” भन्ने अभियानलाई सार्थक बनाउन सम्पूर्ण घर धुरी सहकारीमा आवद्धता घोषण तयारीका लागि आवश्यक कार्यक्रमहरु संचालन गर्ने, विदेश गई फर्केका तथा गाँउमानै केही स्वरोजगार सिर्जना गर्न इच्छुक विपन्न, असाय, दलित, जानजाति समुदायका व्यक्तिहलाई सहकारीमा अवद्ध गराई व्यवसाय गर्न सहकारी मार्फत शुन्य व्याजदरमा घुम्तिकोष परिचालन गर्नेभएको छ ।

मकवानपुर गढी गाउँपालिका वडा नं. २ देखि वडा नं. ७ सुकौरा महादेवडाँडा हुँदै बुढिचौरसम्म पर्यटक ट्रेकिङ्गमार्गको रुपमा अगाडि बढाउन आगामी आ.व.बाट सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाईने छ । पुथ्वीनारायण शाहाले नेपाल एकीकरणको महानअभियानमा उपयोग गरेको पदमार्ग खँुडेधारलाई एैतिहासिक पर्यटकीय मार्गको रुपमा विकास गर्न सुरुवात गरिनेछ ।

साथै मकवानपुरगढी गाउँपालिकाको पहिचान, समृद्धिको आधार पर्यटन’ भन्ने नारालाई सार्थकता दिन संचालित होटलहरुमा पाहुना सत्कार तथा हस्पिटल सम्बन्धि तालिम कार्यक्रम संचालन गरिनेछ ।

“सिपमुलक प्राविधिक शिक्षा आजको हाम्रो आवश्यकता” भन्ने नारालाई सार्थकता बनाउन सबैलाई पायक पर्ने स्थानमा विशेष गरी कृषि भेटनरी वहुप्राविधिक शिक्षा अध्यापन गर्नका लागि चालु आ.व. २०७५–२०७६ देखी वंशगोपाल मा.वि.मा सुरुवात गरिएको मायसलाई गाउँपालिकाको आवसिय अध्ययन केन्द्र बनाउन बजेटको बिनियोजन गरिएको छ ।

बालबालिकामा आएको पोषणको खस्कदो अवस्थामा सुधार ल्याउन, विद्यार्थी भर्ना दरलाई उच्च बनाउन तथा विद्यालय आउन थप उत्प्रेरीत गर्न चालु आर्थिक वर्षमा संचालित विद्यालय दिवाखाजा कार्यक्रमको संचलान गर्ने, शिशु, बाल र मातृ मुत्यु दर घटाउने र महिलाको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन वर्थिङ सेन्टरमा प्रसुती गराउने व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल सरकारबाट प्राप्त हुने दुई हजार आठ सय रुपैयाँ सुत्केरी प्रोत्साहन भत्तामा गाउँपालिकाको आन्तरिक आयतर्फ रु एक हजार पाँच सय रुपैयाँ थप गरी चार हजार तीन सय रुपैयाँ उपलब्ध गराउने व्यवस्थालाई सेमत आगमी आ.व.मा निरन्तरता दिइने भएको छ ।

परिवार नियोजन कार्यक्रमलाई प्रवद्धन तथा महिला स्वस्थ्यलाई मध्यनजर गर्दै आदर्श परिवारको आवधारणा अनुसार परिवार नियोजनका लागि प्रोत्साहन गर्न पुरुष बन्ध्याकरण प्रोत्साहन कार्यक्रम संचालन गरि गाउँपालिकाको तर्फबाट प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ प्रोत्साहन उपलब्ध गराइनेछ ।

सन् २०२२ सम्म मकवानपुरगढी गाउँपालिकालाई सफा र स्वच्छ उन्मुख गाउँपालिका घोषणको लागि चालु आर्थिक वर्षबाट नै कार्य प्रारम्भ गरिन, बालविवहविरुद्धका सचेतनामूलका कार्यक्रम संचालन तथा २०७७ साल भित्र मकवानपुरगढी गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न आवश्यक सूचकहरु तयार गरी प्रदेश सरकारसंगको साझेदारीमा कार्य अगाडी बढाइनेछ ।

त्यस्तै चालु आर्थिक वर्षमा संघीय सरकारको सहयोगमा वडा नं ८ लाई खरको छानो मुक्त घर निर्माण गर्न आगामीआर्थिक वर्षबाट सो अभियानलाई निरन्तरता दिन अन्य वडाहरुमा सो कार्यक्रम संचालनको लागि आवश्यक बजेटको विनियोजन गरिनेछ ।

यसैगरी बाँझो जमिनको उपयोग सम्बन्धि कार्यविधिअनुसार कृृषिजन्य तथा पशुपालनको लागि उपयोग माल्याउने, कृषि र पशुपालनको सम्भावना कम भएका जग्गाहरुमा जडीवुटी, वनस्पतिजन्य, काष्ठ जन्य खेतीगर्न, होटल, होमस्टे तथा रिसोर्टहरु संचालन प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिने भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*