करेन्ट लागेर थापाको मृत्यु

२०७६ असार १०,मंगलवार १३:४२

तनहुँ १० असार । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा गएराति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ज्रहरीले जनाएको छ ।

उनी माधव घिमिरेको घरमा डेरा गरी बस्ने तिलमाला आलेको घरमा पाहुना आएकी थिईन् ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*