हेटौँडामा औषधी व्यवसायी संघद्वारा रक्तदान कार्यक्रमको आयोजना

२०७६ असार १०,मंगलवार १३:२५

मकवानपुर १० असार । नेपाल औषधी व्यवसायी संघ हेटौडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार (आज) संघको ४३ औं स्थापना दिवसको अवसर पारेर हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

मकवानपुरमा रगतको निक्कै अभाव परिरहेको हुँदा एक थोपा भए पनि रगत दान गर्न र कसैको जीवन बचाउन उक्त कार्यक्रमको आयोजना गरेको हेटौँडा नेपाल रेडक्रसका प्रमुख टंक प्रसाद दाहाले बताए ।

संघका अध्यक्ष सुधिर दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीको प्रमुख आतिथ्यामा रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*