हेटौँडा उपमहानगरपालिकाको बजेट १ अर्ब ८१ करोड १८ लाख

२०७६ असार १०,मंगलवार १२:५९

मकवानपुर १० असार । हेटौँडा उपमहानगरपालिकाले आज (मंगलबार) आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकको अवसरमा १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

उक्त बजेट हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गरेकी हुन् ।

आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको विभिन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइएको छ ।

त्यसैगरी संघीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुनेछ । उपमहानगरपालिकाको गत वर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरीने उपप्रमुख लामाले बताइन् ।

बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ विनियोजित गरिएको लामाले बताईन् ।

कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ ।

उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*