दुर्घटनामा परी नेविसंघका पूर्वसभापति अधिकारीको मृत्यु

२०७६ असार १०,मंगलवार ११:४०

मकवानपुर १० असार । गएराति सवारी दुर्घटनामा परी नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको मृत्यु भएको छ ।

नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको सवारी दुर्घटनामा परी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना २७ प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*