अज्ञात समूहद्वारा अछामका दुई वडा कार्यालयमा आगजनी

२०७६ असार १०,मंगलवार ०९:२९

आछाम १० असार । अज्ञात समूहद्वारा अछामका पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी गरिएको छ ।

पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा गएराति २ बजेको समयमा आएको करीब ५–६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*