अवैध लागूऔषध गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

२०७६ असार ८,आईतवार १६:१२

मकवानपुर, ८ असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८, गणेशधाराबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट मिटुवा गाउँपालिका वडा नं. ५ बस्ने २३ वर्षीय सुरेश साह र रौतहट राजकुर गाउँपालिका गाउँपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय दिनेश जैसवाल रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब ३० किलोसहित गएराति पक्राउ गरेको हो । घटनाको विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*