२५ मिटर सडक विस्तार प्रकरण : १५ दिनभित्र संरचना नहटाए बल प्रयोग गरिने

२०७६ असार ७,शनिबार १८:२९

मकवानपुर ७ असार । हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडकको दाँया र बाँया २५/२५ मिटर क्षेत्रभित्र पर्ने संरचना हटाउन भन्दै आज डिभिजन सडक कार्यालय मकवानपुरले सूचना जारी गरेपछि सडक विस्तार हुने लगभग पक्का भएको छ ।

यसबारे तु खबरको जिज्ञासामा डिभिजन सडक कार्यालयले सूचना जारी भएको मितिले १५ दिनभित्र सडक सिमाभित्र पर्ने संरचना घरधनी आफैँले नहटाए बल प्रयोग गरेर हटाईने जनाएको छ ।

सूचनामा महेन्द्र राजमार्गको धन्सार पुल बारा देखि लोथर मकवानपुर सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार पर्सा देखि दामेचौर मकवानपुर सम्मको राजमार्ग /राजपथको दाँया /बाँया २५/२५ मिटर सडक सिमाको अतिक्रमण १५ दिनभित्र हटाउन आदेश गरिएको छ ।
सूचना प्रकाशन भएपछि २५ मिटर क्षेत्रभित्र पर्ने घरधनीहरु भने सडक विस्तार रोक्न लागिपरेका छन् ।

यो पनि पढ्नुहोस् –

अन्यौलमा परेको हेटौँडाको सडक विस्तार हुने भन्दै निस्कियो १५ दिने सूचना

‘सरकारले २५ मिटर सडक विस्तार गर्न नसक्ने हो भने मलाई जिम्मा दिए हुन्छ ’: मेयर महत

हेटौँडाको सडक विस्तार प्रकरण : २५/२५ मिटर कि १६/१६ ?

-१६ मिटर मात्रै फराकिलो पार्ने कुरामा हाम्रो समर्थन : इन्द्र बानियाँ

-प्र.म.ओली, नेता प्रचण्ड र शेरबहादुर देउबा पनि घर भत्काउन नहुने पक्षमा : पौडेल

– १६ मिटर नि भत्काउने थिइनँ, प्रेसर भएर निर्णय गरेको हो : मुख्यमन्त्री पौडेल

-मलाई विकास विरोधी भनेँ, पहिला मेरै घर भत्काउँछु – मुख्यमन्त्री पौडेल

हेटौंडाको सडक विस्तार : प्रतिपक्षी काँग्रेस र सत्तापक्ष नेकपाको एउटै धारणा

अन्यौलमा पर्यो हेटौंडाको सडक फराकिलो पार्ने योजना

३ महिनामा हेटौँडाको सडक २५ मिटर कायम गर्छु भन्ने मन्त्री स्थापित कता छन् ?

हेटौंडामा २५ मिटर सडक विस्तार कहिले हुन्छ ?

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*