संसदीय क्षेत्र विकास कोषबाट तीब्र भष्टाचार बढ्ने प्रतिपक्षी सांसद्हरुको आरोप

२०७६ असार ५,बिहीबार १९:५१

मकवानपुर ५ असार । प्रदेश नम्बर ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसद्हरुले विकासको पूर्वाधार कार्यान्वयनको लागि प्रदेशसभाका सदस्यहरुले नियमअनुसार पाउने संसदीय क्षेत्र विकास कोषको अनुदानबाट योजना कार्यान्वयन गर्न पहल गर्दा आफ्नो पदीय मर्यादामा आँच पुग्नुको साथै भ्रष्टाचार बढ्ने बताएका छन् ।

उनीहरुले सो रकम स्वीकार नगर्न समेत आग्रह गरे ।

उनीहरुले समानुपातिक र निर्वाचित प्रदेशसभाका सदस्यहरुलाई संविधानले एउटै प्रकारको अधिकार र कार्यक्षेत्र बनाएकोमा अहिले सरकारले समानुपातिक सांसदहरुलाई राजनीतिक पूर्वाग्राहीबाट प्रेरित भएर उक्त सांसद् कोषको रकम उपलब्त्र नगराउनेतर्फ पहल गरिरहेकोमा चिन्ता व्यक्त गरे ।

उनीहरुले पहुँच नभएका जनताहरुलाई कृषि उत्पादन तथा पशुपालनबाट उत्पादित दूग्धलाई बजारमा व्यवस्थापन मिलाउन सरकारको तर्फबाट आगामी साउनदेखि चितवनका प्रत्येक किसानलाई एक लिटर दूग्ध विक्री गरे बापत रु १ अनुदान दिने व्यवस्था गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*