हेटौँडा आएर मोहन बैद्यले भने – विप्लवसंग पार्टी एकता हुँदैन

२०७६ असार ५,बिहीबार १८:५३

मकवानपुर ५ असार । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय महासचिव मोहन बैद्य किराणले विप्लवसंग एकता नहुने दाबी गरेका छन् । आज हेटौँडामा पत्रकारहरुसंग कुराकानी गर्दै महासचिव बैद्यले आफ्नो पार्टीसंग बैचारिक र राजनीतिक रुपमा मेल खानेहरुसंग एकता प्रकृया अघि बढाउने प्रयास भईरहेको भएपनि विप्लवसंग भने एकता प्रकृया अघि नबढ्ने स्पष्ट पारे ।

उनले भने ‘विप्लवको धार निकै फरक भईसकेकोले पार्टी एकता वर्तमान अवस्थामा संभव छैन । ’

वर्तमान सरकारको गतिविधिबारे पनि आफ्नो पार्टी सन्तुष्ट नरहेको बताए । वर्तमान सरकारले यो सरकारनै सबैथोक हो भन्ने भावना लिएर युवा शक्तिलाई विर्सिएको उनले आरोप लगाए ।

सरकारले २ तिहाईको दम्भ देखाएपनि शान्ति प्रकृया पुरा गर्न नसकेको, स्थिर सरकार अझै निर्माण नभएको, जनयुद्धका जवानहरुलाई विस्थापित गरिएको र सरकारले महान सहिदहरुको बलिदानको अपमान गरेको उनले बताए ।

 

देशको सिमा मिचिँदा समेत सरकारले केही गर्न नसकेको उनको भनाई छ । उनले नेपालमा भारतले बनाएको नेपालको नक्सा अझै प्रयोगमा रहेको समेत बताए ।
भर्खरै सरकारले ल्याएको बजेट प्रति पनि उनले असन्तुष्टी व्यक्त गरे । बजेट समानुपातिक नभएको, पुँजीगततर्फको बजेट निकै कम रहेको समेत उनले बताए ।

साथै उनले हेटौँडामा हुने क्रान्तिकारी युवा लिगको राष्ट्रिय सम्मेलनबारे समेत जानकारी दिए ।
क्रान्तिकारी युवा लिगको राष्ट्रिय सम्मेलन समेत भोलीबाट सुरु हुने भएको छ । असार ६ र ७ गते राष्ट्रिय सम्मेलन हेटौँडामा हुने उनले जानकारी दिए । आफु सोही कार्यक्रमको लागि हेटौँडा आएको उनले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*