प्रधानमन्त्री कप महिला क्रिकेटमा आज प्रदेश ३ को जित

२०७६ असार ५,बिहीबार १७:३४

मकवानपुर ५ असार । कंचनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज प्रदेश नम्बर ३ ले विजयी हात पारेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै प्रदेश ३ ले विजयी हात हारेको हो ।

प्रदेश नम्बर ३ ले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १५ ओभर ३ बलमा अलआउट हुँदै ६६ रन मात्र जोड्न सक्यो । कर्णालीलाई सस्तैमा समेट्न खुसी डंगोलले ५ र सुमन खतिवडाले २ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले २० ओभरमा ३ विकेट गुमाएर १५६ रन बनाएको थियो । कर्णालीका सरिता जिसीले १ विकेट लिईन् । जितसंगै समूह ’बी’ को प्रदेश ३ ले २ अंक जोडेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*