सुनको मूल्य एक हजारले बढ्यो

२०७६ असार ५,बिहीबार १७:१६

काठमाडौं, ५ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला एक हजारले बढेको हो । बुधबार ६३ हजार रुपैयाँमा कारोेबार भएको छापावाल सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्म्कै सबै महंगो मूल्य हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*