नेपालमा आजबाट सुरु भयो मनसुन

२०७६ असार ५,बिहीबार १६:५७

काठमाडौं ५ असार । नेपालमा आजदेखि मनसुन सुरु भएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने महाशाखाले जनाएको छ ।

पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ ।

नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा प्रवेश गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो भएको महाशाखाले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*