बस दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

२०७६ असार ५,बिहीबार १६:३०

काठमाडौं ५ असार । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ इटिचोक नजिक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुन्दरीजलबाट बा १ ख ८७४४ नम्बरको बस यात्रु बोकेर रत्नपार्कतर्फ जाने क्रममा सडकबाट करिब ५ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुलाई नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने बसकै सहचालक हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटनाको बारेको विस्तृत विवरण आउन बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*