प्रहरी र विप्लव समूहबीच गोली हानाहान हुँदा एकको मृत्यु

२०७६ असार ५,बिहीबार १५:५४

मकवानपुर ५ असार । सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको ज्यान गएको छ ।

विप्लव माओवादी र प्रहरीबीच लालबन्दी नगरपालिका–१ स्थित जंगलमा गोली हानाहान हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको हो ।

दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले हानेको गोली लागेर जिल्ला इञ्चार्ज पौडेलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । अन्य तीन जना भने फरार रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*