आफ्नै छोराले जलाईदिए आमा बस्ने घर

२०७६ असार ५,बिहीबार १५:२४

बुटवल ५ असार । रुपन्देहीको सैनामैना नगरपालिका–१ की कुन्तादेवी घिमिरेको घर आफ्नै माईला छोरा माधव घिमिरेले जलाइदिएका छन् ।

घर घरयासी रिसइवीका कारण माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तल्ले घर विशिबार दिउँसो जलाइएको प्रहरीले जनाएको छ ।

घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति नहुनुको साथै आगो नगरपालिकाबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो । प्रहरीले माधवलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*