भीमफेदी ३ मा व्यवसायीक पशुपालन, मौसमी तथा बेमौसमी कृषि उत्पादन कार्यक्रम सम्पन्न

२०७६ असार ४,बुधबार १८:२१

मकवानपुर ४ असार । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ३ मा दुई दिवसीय व्यवसायीक पशुपालन, मौसमी तथा बेमौसमी कृषि उत्पादन कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार भीमफेदी गाउँपालिकाको आर्थिक सहयोग तथा वडा स्तरिय गाउँ कृषि उपभोक्ता समितिको आयोजनामा २ दिवसीय व्यावसायीक पशुपालन, मौसमी तथा बेमौसमी कृषि उत्पादन कार्यक्रम सम्पन्न भएको हो ।

व्यवसायिक पशुपालन तालिममा नारायण प्रसाद शर्मा र जनार्दन पौडेलले सहजिकरण गरेका थिए भने मौसमी तथा बेमौसमी कृषि उत्पादन अन्तरगत मदुसुदन आर्चाय र बिष्णु माया थापाले तालिमको सहजिकरण गरेका थिए । उक्त तालिममा ५० जनाको सहभागि रहेका थिए ।

कार्यक्रममा व्यवसायिक पशुपालन गर्नेहरुको हितको लागि नमुना बाख्रा स्रोत केन्द्र निर्माण गरिएको छ । व्यावसायिक पशुपालनको लागि नमुना बाख्रा स्रोत केन्द्र निर्माण भीमफेदी गाउँपालिका वडा नं. ३ ईक्चुड्डमा राखिएको छ । उक्त स्रोत केन्द्रको निमित बाख्रा खोर निर्माणको लागि २ लाख २५ हजार बराबरको बाख्राको खोर निर्माण गरिएको छ ।

उक्त स्रोत केन्द्रमा नियमित रुपमा ५ देखि १० वटा उन्नत जातका बाख्राहरु पाईन्छ । भने बाख्रा पालन गर्नेहरुलाई १ उन्नत जातको बिउ, पाठी १० वटा गरि १ लाख ९ हजार ५० रुपैंया बराबरको बाख्रा वितरण गरिएको छ ।

मौसमी तथा बेमौसमी कृषि उत्पादन तालिममा २२ जना कृषकहरुलाई सिलपोलिथिड्ड, थोपासिचाई र मल्चिड्ड प्लास्ट्रिक गरि ३ लाख ७८ हजार ६ सय बराबरको कृषि सामाग्रि बितरण गरिएको छ । कृषकहरुलाई कृषिमा अगाडि बडाउनको लागि कृषि आधुनिकिकरण गर्न यस्ता कार्यक्रम गरिएको हो ।

भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकको अध्यक्ष तथा वडा सदस्यहरुको अतिथि रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*