हेटौँडा ७ अपडेट : वडा कार्यालयमा स्थानीयले लगाए ताला

२०७६ असार ४,बुधबार १५:५८

मकवानपुर ४ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् ।

वडा कार्यालय परिसरमा उपभोक्ता समितिको अध्यक्ष नवराज खतिवडा र वडा अध्यक्ष राजन थापाको मिलेमतोमा लाखौँ भष्टाचार भएको भन्दै स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन् ।

तु खबरसंग कुराकानी गर्दै स्थानीय बाबु लामाले भने ‘हामीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ताला लगाएका हौँ ।’

सम्बन्धित निकायले यस विषयलाई चासो दिएर भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने उनले दाबी गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*