बेपत्ता भएको चार दिनपछि फेला पर्यो भेटवालको शव

२०७६ असार ३,मंगलवार १३:०७

मकवानपुर ३ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सौरभ भेटवालको शव फेला परेको छ ।

जेभियर इन्टरनेशनल कलेज बौद्धमा अध्ययनरत तेह्रथुमका २४ वर्षीय भेटवाल चार दिनपछि फेला परेका हुन् ।

गत जेठ ३० गते पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भेटवालको शव मार्खु नजिकै खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भेटवालको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*