मकवानपुरको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता

२०७६ असार १,आईतवार १७:३०

मकवानपुर १ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको इन्द्रसरोवर तालमा आज (आईतबार) दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

जेभियर इन्टरनेशनल कलेज बौद्धमा अध्ययनरत अन्दाजी २४ वर्षीय सौरभ भेटवाल तालमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कर्याालय मकवानपुरका अनुसार, बेपत्ता भेटवालको स्थानीय बासी, सशस्त्र प्रहरी र जिल्ला प्रहरीहरुको सहयोगमा खोजी कार्य भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*