बसन्तको पसिनाको रङ्ग गाढा हरियो (फोटो फिचर)

२०७६ जेष्ठ ३२,शनिबार १९:४६

मकवानपुर ३२ जेठ । मकवानपुरको हर्नामाडी घर भएका बसन्त अधिकारीले कृषि क्षेत्रमा निकै मिहेनत गरिरहेका छन् । उनका बाबु ठाकुरप्रसाद अधिकारीले काँधमा केराको डालो बोकेरै उनलाई हुर्काए । बुबाको दुखसँगै हुर्केका उनको पढाइ लेखाइसँग उस्तो रस बसेन ।

उनले हँसिमजाक हाहुमै धेरै समय बिताए । उमेरसँगै उनको राहदानीमा मलेसिया सरकारको भिसा लाग्यो । दुई वर्ष उतै चौकिदारी पनि गरे । तर उनको मन रमाएन ।

उमेरको तेस्रो दशक टेकेका उनी यसपाली भने बाउबाजेले जोडिदिएको खेतमा कुटोकोदालो गर्दैछन् । मेहनत गरेर कहिल्यै नथाक्ने उनको पसिनाको रङ्ग हरियो छ, गाढा हरियो ।

नोट जस्तै, अझ विदेशी डलर जस्तै । ३ भाइ र एक बहिनीको पनि जिम्मेवारी काँधमा लिएका वसन्तको जिन्दगी आजभोली खेतबारीमै बित्छ । छवि अनित्य ले केही तस्विर कैद गरेका छन् ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*