जब बानियाँ हेटौँडा ३ पुगे

२०७६ जेष्ठ ३२,शनिबार १७:३४

मकवानपुर ३२ जेठ । नेपाली काँग्रेसका ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ का विपन्न बर्गका मानिसहरुलाई सहयोग उपलब्ध गराएका छन् ।

उनले २ हजारको दरले आर्थिक अवस्था कमजोर भएका ७७ घरधुरीलाई रकम सहयोग गरेका हुन् ।

खानेपानीको मिटर किन्न सहयोग पुगोस् भन्ने उदेश्यले आफुले पैसा सहयोग गरेको बानियाँले बताए । आफुले प्रदेशसभाबाट पाएको सेवा सुविधाबापतको रकम आफ्नो निर्वाचन क्षेत्रका जनताको लागि खर्च गरेको उनले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, महासमिति सदस्य दिनेश उपाध्याय लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम हेटौंडा ३ का नेपाली काङ्ग्रेसका नेता धनबहादुर घलानको संयोजनमा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*