अत्याधिक गर्मीका कारण ४ जनाको मृत्यु

२०७६ जेष्ठ ३२,शनिबार १६:१५

भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ।

मृतकको शव झांसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो ।

चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए ।

रेलभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।
देशसञ्चारबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*