छैटौँ तलाबाट भुइँमा बजारिएका थिए मजदुर

२०७६ जेष्ठ ३२,शनिबार १६:०४

लमही नगरपालिका–७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगले नयाँ प्लान्ट निर्माण गर्दैछ । यो प्लान्ट तयार पार्न मजदुरहरु खटिएका छन् ।

शनिबार बिहान भएको दुर्घटनाले भने सिमेन्ट उद्योगमा कार्यरत मजदुरको सुरक्षा व्यवस्था निकै फितलो रहेको देखाएको छ । छैटौँ तलामाथि मजदुरहरु रातिको समयमा काम गर्दै थिए ।

२० जना मजदुर काममा खटिएको बेला एक्कासी ढलाइ गर्न तयार पारिएको बिम, सर्टिङ्ग र ढलाइ ढल्न पुग्यो । काम गरिरहेका मजदुर भुइँमा बजारिए । सबै भन्दा माथिल्लो तल्लामा काम हुँदै थियो । मजदुरले सुरक्षाको लागि हेल्मेट र सामान्य वेल्ट प्रयोग गरे पनि क्षति रोक्न सकेन ।

तीनजनाको मृत्युु भएको छ । तीनजना घाइते छन । जस मध्ये दुईजनाको उपचार बुटवलमा भैरहेको छ भने, एक जनाको लमहीमा उपचार भैरहेको छ । मृत्यु हुने र घाइते मजदुर सबै भारतीय हुन् । दिउँसो गर्मीले काम गर्न नसकिने भएपछि रातिको समयमा मजदुर काममा खटिएका थिए ।

मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन, ४६ वर्षका साहेव रहेका छन् । घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जस मध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ ।
देशसञ्चारबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*