रडले लागेपछि एकको मृत्यु २ जना घाईते

२०७६ जेष्ठ ३२,शनिबार १५:५७
File Photo

बाँकेको विनौनामा पुल बनाउने क्रममा फलामको रडले लागेर एक जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्।

रडले लागेर भारतीय नागरिक मनिउल हकको मृत्यु भएको हो। उक्त घटनामा भारतकै कुसुम मण्डल र तिरुल हक घार्इते भएका छन्।

राप्तीसोनारी गाउँपालिका–५, विनौनास्थित राप्ती नदीमा पुल बनाउने क्रममा ३२ इन्चको रड ठाडो पारेर उठाउँदा उनीहरुको टाउकोमा चोट लागेको थियो।

रडले लागेर घाइते भएका मनिउल हकलाई उपचारका लागि नेपालगञ्जस्थित नर्सिङहोम ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*