हाजिरी जमानीमा रिहा भएका युुट्युबर प्रनेस गौतम पुनः पक्राउ

२०७६ जेष्ठ ३२,शनिबार १५:२७

काठमाडौँ ३२ जेठ । बिहीबार हाजिरी जमानीमा रिहा भएका युुट्युबर प्रनेश गौतम शुक्रवार पुनः पक्राउ परेका छन् ।

फिल्म ‘वीर विक्रम–२’ को समीक्षा गरेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतिय कारोबार ऐन अन्तरगत मुद्दा दर्ता भएपछि हिरासतमै राखिएको हो ।

प्रहरीले गौतमलाई सात दिनअघि फिल्म निर्देशक मिलन चाम्सको उजुरीका आधारमा पक्राउ गरेको थियो ।

फिल्म ‘वीर विक्रम–२’ का निर्देशक चाम्सले गौतमविरुद्ध अभद्र खालको टिप्पणी गरेर कलाकारको मानहानि गरेको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए ।

स्ट्यान्डअप कमेडी गर्दै आएका गौतमले फिल्मबारे व्यंग्यात्मक शैलीमा समीक्षा गरेका छन् । चलचित्र समीक्षक समाजको ठम्याइअनुसार त्यो ‘एब्सर्ड शैली’को समीक्षा थियो ।

चलचित्र समीक्षक समाजले बिहीबार विज्ञप्ति जारी गर्दै प्रनेशको पक्राउ विद्युतीय कारोबार ऐनको अपव्याख्या र दुरुपयोग भएको ठहर गरेको थियो । समाजले प्रनेशलाई तत्काल रिहा गर्न भनेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*