मध्यरातमा भयो वडा कार्यालयमा चोरी

२०७६ जेष्ठ ३२,शनिबार १४:५६

सप्तरी ३२ जेठ । राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा मध्यराजमा चोरी भएको छ ।

चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी भएको प्रहरीले जनाएको छ ।

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिब रु दुई लाख मूल्य बराबरको सरसमान चोरी भएको जनाएको छ । चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*