हेटौँडाको तापक्रम ३९ डिग्री सेल्सिएस

२०७६ जेष्ठ ३२,शनिबार १४:५२

मकवानपुर ३२ जेठ । मकवानपुरको हेटौँडामा आज शनिवार तापक्रम अधिकतम बढेको छ । आजको तापक्रम ३९ डिग्री सेल्सिएस रहेको छ । तापक्रम उच्च भएपछि हेटौँडावासीको जनजिवनमा समेत प्रभाव परेको छ ।

शनिबार हेटौँडाको तापक्रमलाई यसबर्षको उच्च तापक्रमको रुपमा लिईएको छ । यस बर्ष कम बर्षा भएकोले पनि तापक्रम उच्च भएको हुनसक्ने अनुमान गरिएको छ ।

उच्च गर्मीका कारण मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पर्ने भएकोले स्वास्थ्यमा ख्याल गर्न र प्रशस्त पानी पिउन चिकित्सकहरुले सुझाव दिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*