१३ लाखको लागूऔषध बराबद

२०७६ जेष्ठ ३२,शनिबार १४:३०

पोखरा ३२ जेठ । कास्की प्रहरीले शुक्रबार ठूलो परिमाणमा करिब १३ लाख बराबरको लागुऔषध बरामद गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका–१० रामघाटको एक घरबाट डाईजापाम, फेनरागन र नुर्फिन गरी १ हजार ४६४ एम्पुल, फेन्सिडिल तीन बोरा ९३३८ बोतल र नाइट्रोसन चक्की १०० थान बरामद गरेको हो ।

प्रहरीले उक्त लागूऔषधसहित एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका १८ वर्षीय डेबिट तामाङ रहेका छन् ।

रामघाटको उक्त घर लागुऔषध कारोबारीले गोदामको रुपमा प्रयोग गर्ने गरेको सूचना पाएपछि उक्त घरलाई घेरा हाली उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*