बकैयामा मोटरसाईकल दुर्घटना, २ जना गम्भीर घाईते

२०७६ जेष्ठ ३१,शुक्रबार १५:०३

मकवानपुर ३१ जेठ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ मा मोटरसाईकलले ठक्कर दिँदा स्थानीय उरिसा गौतम घाईते भएकी छिन् । नम्बर प्लेटमा नम्बर उल्लेख नभएको मोटरसाईकलले ११ बर्षकी गौतमलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै मोटरसाईकल चालक बकैया ५ का भुवन कठायत पनि गम्भीर घाईते भएका छन् ।
बकैयाको छतिवनबाट श्रीपुरतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाईकले गौतमलाई ठक्कर दिएपछि दुर्घटना भएको थियो ।

घाइते दुबैको अवस्था गम्भीर रहेको र उपचारको लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*