रतनदेवी मन्दिरमा नयाँ मुर्ति, पर्यटकका लागि नयाँ गन्तव्य

२०७६ जेष्ठ ३०,बिहीबार २०:१३

मकवानपुर ३० जेठ । मकवानपुरगढी गाउँपालिका १ डाडाँगाउँमा रहेको ऐतिहासिक पुरानो जिणोद्वार अवस्थामा रहेको रतनदेवी माताको आज प्राण प्रतिष्ठा गरि उद्घाटन गरिएको छ । प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यतामा उद्घाटन गरिएको हो ।

वडा कार्यालयको १ लाख बजेट र नेता बानियाँको आर्थिक सहयोगमा ऐतिहासिक रुपमा रहेको रतनदेवी माताको पुरानो मन्दिर परिसरमा नयाँ संरचना बनाई आज प्राण प्रतिष्ठा गरि मुर्ति प्रतिस्थापना गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले यस क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गर्ने बताए । नेता बानियाँले मुर्ति, घण्टा, मन्दिर वरिपरि इंटा, मार्वल, रंगरोगनको काममा सहयोग गरेको वडा १ का अध्यक्ष आइत सिं लोले बताए ।

झण्डै २०१३ साल भन्दा अघि तिरको ऐतिहासिक रुपमा रहको रतनदेवि मन्दिर हेटौंडाको भुटनदेवी मन्दिर झै इतिहास बोकेको अध्यक्ष लोले बताए । उनले वडा १ मा पर्यटनको लागि उपयुक्त स्थान बनाउन यस मन्दिरले ठुलो भुमिका रहने बताए । आगामी आर्थिक वर्षमा यस मन्दिर क्षेत्रलाई विकास गर्न गाउँपालिकाबाट थप बजेट माग गरि काम अगाडी बढाउने अध्यक्ष लोले जानकारी दिए ।

उक्त मन्दिर संरक्षण गर्न रतनदेवी टोल विकास संस्था सदैव लागि पर्ने संस्थाका अध्यक्ष सोनाम सिं थिङले बताए । यो हाम्रो वडाको सम्पतिको रुपमा रहेकोले यसको संरक्षण गर्न टोल विकास संस्था लागिपर्ने उनको भनाई रहेको थियो ।

 

वडा अध्यक्ष आइत सिं लोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका सहसचिव राम बाबू बानियाँ, वडा ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बा, वडा १ का सदस्य सुवात सिं थिङ, ठुलीमाया विक, शान्तकुमारी डिम्डुङ, गणेशमान गोले, समाजसेवी फुलमान गोले, भुपु वडा अध्यक्ष मान बहादुर घिसिङ,पुजा आयोजक समितिका संयोजक प्रल्हाद सापकोटा, सुन्दर सिं लो लगायतको उपस्थिती रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*