सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढ्यो

२०७६ जेष्ठ ३०,बिहीबार १८:०७

मकवानपुर ३० जेठ । सरकारले असार १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाएको छ ।

सार्वजनिक यातायात क्षेत्रमा सन्चालित सबैखाले सवारी–साधनको हाल कायम भाडामा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको दाबी पनि विभागले गरेको छ । कम्तीमा १० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*