मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु, अध्यक्ष गम्भीर घाइते

२०७६ जेष्ठ ३०,बिहीबार १७:१८

मकवानपुर ३० जेठ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–७ मा से १ ब ११७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी वडा सदस्य नरेश महरको मृत्यु भएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका महरको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेका वडा अध्यक्ष हरिचन्द्र जोशी भने गम्भीर घाइते भएका छन् ।

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*