मकवानपुरको राक्सिराङमा ढिक्को खसेर दुई जनाको मृत्यु

२०७६ जेष्ठ ३०,बिहीबार १५:५६

मकवानपुर ३० जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ८ टोड्केस्थित थाहाढुंगामा सडक खन्ने क्रममा ढिस्को खसेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा स्काभेटरका हेल्परहरु चितवन शक्तिखोरका रोशन बुढाथोकी र सन्दिप श्रेष्ठ रहेका छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्काभेटरका चालकको भने जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*