सबै स्थानीय तहका विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन

२०७६ जेष्ठ ३०,बिहीबार १३:५९

काठमाडौं ३० जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयको अनुरोधमा संघीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा इकाई गठन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा इकाइ गठन गर्न निर्देशन दिएको हो ।

सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*