मोटरसाइकल चोरी गर्ने मगरसहित दुई जना पक्राउ

२०७६ जेष्ठ ३०,बिहीबार १३:३४

काठमाडौं ३० जेठ । प्रहरीले मोटरसाइकल चोरी गर्ने नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीले तार्केश्वर नगरपालिका–२ स्थित पार्किङ गरी राखेको बा.६३ प. ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा मगर र तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुले बिहिबार (आज) विहान पक्राउ गरेको हो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*