पानी ट्याङ्कीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

२०७६ जेष्ठ ३०,बिहीबार १३:१३

पोखरा ३० जेठ । पोखरामा पानीको ट्याङ्कीमा डुबेर ४ वर्षीय बालकको मृत्यु भएको छ । पानीको ट्याङ्कीमा डुबेर स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७, मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका ४ वर्षीय बालक श्रीकृष्ण कोइरालाको मृत्यु भएको हो ।

बुधबार साँझ ७ः०० बजेको समयमा साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*