एक लाख घुससहित इन्जिनियर श्रेष्ठ पक्राउ

२०७६ जेष्ठ ३०,बिहीबार १२:२१

मकवानपुर ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले बिहिबार (आज) बिहान एक लाख घुससहित इञ्जिनीयर पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठ रहेका छन् ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*