पाँच भारतीय गाडी प्रहरीको नियन्त्रणमा

२०७६ जेष्ठ ३०,बिहीबार ११:४९

दाङ ३० जेठ । प्रहरीले दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई नियन्त्रणमा लिएको हो ।

दाङमा रुट परमिटविनै यात्रु बोक्दै आएको एउटा बोलेरो र चार जिपलाई नियन्त्रण लिई आवश्यक कारवाही थालिएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, नियनत्रणमा लिएका उक्त गाडीहरुलाई ट्राफिक प्रहरी कार्यालयले रु एक÷एक हजार जरिवाना काटेर थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय दाङमा पठाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*