३ नम्बर प्रदेशको बजेट असार १ गते प्रस्तुत हुने

२०७६ जेष्ठ ३०,बिहीबार ११:३१

मकवानपुर ३० जेठ । प्रदेश नं. ३ को  आगामी असार १ गते बस्ने प्रदेशसभा बैठकमा सरकारको आर्थिक वर्ष ०७६/०७७ को लागि बजेट प्रस्तुत हुने भएको छ ।

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको आर्थिक वर्ष ०७६/०७७ को लागि बजेट प्रस्तुत गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

उनले आर्थिक वर्ष ०७६/०७७ को लागि प्रदेश सरकारले प्रदेशमा भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने आयमुलक कार्यक्रम ल्याइने, पर्यटन क्षेत्रको विकास गरिने, जैविक विविधता, वातारण सुधार एवम् पोष्टबहादुर बोगटी हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलाई निर्माण गर्ने लगायत अन्य पूर्वाधारलाई समेट्ने खालको बजेट ल्याइने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*