मकवानपुरमा सवारी दुर्घटना, नेपाली सेनाका लेस नायकको मृत्यु

२०७६ जेष्ठ ३०,बिहीबार ०९:२३

मकवानपुर ३० जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सामरी पुल नजिकै गएराती भएको सवारी दुर्घटनामा घाईते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसार्इकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ३० बर्षीय तामाङलाई उपचारको लागि काठमाडौँ लगिएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*