बजेट अधिवेशनमा प्रदेश ३ को राजधानी नटुङ्गीने संकेत

२०७६ जेष्ठ ३०,बिहीबार ०९:०६

मकवानपुर ३० जेठ । प्रदेश नम्बर ३ ले नाम र राजधानी टुंग्याउन अझै सकेको छैन । प्रदेश सभामा नामकरणका लागि तीनवटा र राजधानीका लागि पाँचवटा प्रस्ताव दर्ता भएका छन् ।

नाममा गौरीशंकर, नेवा ताम्सालिङ र नेपाल मण्डल हुनुपर्ने प्रस्ताव दर्ता भएका छन् । राजधानीका लागि काभ्रे, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुर प्रस्ताव दर्ता भएका छन् ।

प्रदेशसभाका सभामुख सानु श्रेष्ठले नाम र राजधानीबारे सहमति हुन नसकेपछि तीन नम्बर प्रदेशमा पनि निर्वाचनमा जाने अवस्था रहेको बताए । ‘नामकरण र राजधानी तोक्नका लागि सुझाब संकलनका लागि गठित कार्यदलले प्रतिवेदन पेश गरिसकेको, र कार्यविधि बनाएर पारित भइसकेको छ,’ उनले भने, ‘बजेट अधिवेशन सकिनेबित्तिकै हामी यसको प्रक्रियामा जान्छौँ ।’

नयाँ पत्रिकामा आज समाचार छापिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*