हेटौँडामा रनको जुत्ताचप्पलको सोरुम सञ्चालनमा

२०७६ जेष्ठ २९,बुधबार १९:००

मकवानपुर २९ जेठ । हेटौंडामा स्वदेशी ब्राण्डको रुपमा रहेको रन को जुत्ताचप्पलको सोरुम सञ्चालनमा आएको छ । आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको थियो ।

मकवानपुर उद्योग वाणिज्य संद्धका अध्यक्ष कृष्ण कटुवालले रिवन काटेर उद्घाटन गरेका थिए ।

हेटौंडा ४ कान्तिराजपथकामा रहेको कुमारी बैंक भएको भवनमा सञ्चालन भएको छ । आमा सरस्वती इन्टरप्राइजेजको नाममा स्वदेशी ब्राण्ड रन ब्राण्डका जुत्ता, चप्पल, लेडिज चप्पल तथा बच्चाको विद्यालय र क्याम्पसका विभिन्न डिजाइनका जुत्ताहरु पाइने सञ्चालक परशु लामिछानेले बताए ।

स्वदेशमा नै केहि गर्छु भनेर विदेश नगई स्वदेशी ब्राण्ड नै विक्री वितरण गर्न लागेको सञ्चालक लामिछानेले बताए ।

कार्यक्रममा संघका अध्यक्ष कटुवालले व्यवसायिक रुपमा सञ्चालन गर्दै अझ वृद्धि विकास हुदै जाओस भन्ने शुभकामना दिएका थिए ।

स्वदेशी ब्राण्ड भएकाले यसलाई प्रवद्र्धन गर्न सबै पक्ष लाग्न आग्रह गरे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, सञ्चारकर्मी, ग्राहकवर्गहरुको उपस्थिती रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*