हेटौँडाबाट जागिर लगाईदिन्छु भनि ठगि गर्ने साह पक्राउ

२०७६ जेष्ठ २९,बुधबार १८:५४

मकवानपुर २९ जेठ । मकवानपुरको हेटौँडा उपमहानरपालिका वडा नंं १० बसपार्क स्थितबाट मंगलबार प्रहरीले जागिर लगाईदिन्छु भनि ठगि गर्दै हिंड्र्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको देउताल–२ बस्ने २८ वर्षीय सुवास साह रहेका छन् । साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक अनिश बुढाथोकी समेतको प्रहरी टोलीले हेटौँडा–१० स्थित बसपार्कमा रहेको पोखरा होटलमा राष्ट्रिय अनुसन्धान बिभागको दरखास्त फारम भराउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीे आफुलाई राष्ट्रिय अनुसन्धान बिभागको अधिकृत बताउदै रु. ५ लाख पैसा दिए अनुसन्धान सहायक पदमा जागीर लगाईदिन्छु भनि ठगि गर्दै हिंड्ने गरेका थिए ।

साथै निजको साथबाट बिभिन्न ब्यक्तिको नाममा रहेको नागरीकता र शैक्षिक प्रमाण पत्रको प्रतिलिपि एवं दरखास्त फारमहरू समेत बरामद भएकोले निज उपर थप उजुरी भए जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*