विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२०७६ जेष्ठ २९,बुधबार १८:०१

मकवानपुर २९ जेठ । नारी सीप सृजना केन्द्र मकवानपुरको आयोजना तथा प्रायोजन एवम् जनज्योति मा.वि.मयुरधापको समन्वयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बुधबार (आज) विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा आयोजित मानव बेचविखन तथा ओसारपसार रोकथाममा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रथक निर्मल मा.वि. वस्तीपुरकी प्रकृति बर्तौला, दोस्रो सोही विद्यालयकी सपना बर्तौला र तेस्रो जनज्योतिम मा.वि.मयुरधापकी दिक्षा थापा भएकी छिन् ।

नारी सीप सृजना केन्द्र मकवानपुरका कार्यकारी निर्देशिक चिरन्जीवि पौडेलको समाध्यक्षतामा भएको कार्यक्रममा जनज्योति मा.वि.का प्रधानाध्यापक भोगेनद्र लुईटेलको प्रमुख आतिथ्यता रहेको थियो ।

नारी सीप सृजना केन्द्रको मकवानपुरमा मानव बेचबिखन तथा सुरक्षित स्थानागमन परियोजना अन्तरगत अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको जनज्योतिम मा.वि.का शिक्षक रामहरि शर्मा चौलागाईले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*