नेपाल महिला संघ भीमफेदी १ मा फुलमाया

२०७६ जेष्ठ २९,बुधबार १७:२७

मकवानपुर २९ जेठ । नेपाली काँग्रेस निकट नेपाल महिला संघ भीमफेदी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष फुलमाया भ्लोन चयन भएकी छिन् ।

बुधबार (आज) भएको भेलाले फुलमाया भोम्जनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा शान्तिमाया भोम्जन, सचिवमा ज्योती मगर, सहसचिवमा शुसिला तितुङ स्याङ्तान र कोषाध्यक्षमा कमला स्याङ्तान रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा राधिका भोम्जन, बुद्धि कुमारी स्याङ्तान, मनिता दोङ, चमेली भोम्जन, संगिता गोले, सुन्तली घिसिङ, रुपा स्याङतान र पूजा घलान रहेका छन् ।

नेपाल महिला संघ भीमफेदी गाउँपालिका संयोजक राधिका बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघ मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति आनन्दराम पराजुली, सचिव निलम देवकोटा, महाधिवेशन प्रतिनिधि मोम लाल दोङगौरी माया लामा लगायतकाको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको १० औँ स्मृती दिवसको अवसरमा कार्यक्रम भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*