वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त देउजा पक्राउ

२०७६ जेष्ठ २९,बुधबार १७:१८

काठमाडौं २९ जेठ । प्रहरीले सोमबार वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा काठमाडौंका सुमन देउजालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

निज देउजाले वैदेशिक रोजगारीका नाममा ठगि गरेको मुद्धामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ माघ ४ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार नगद जरिवाना गरेको थियो ।

जरिवाना ठहर भएपछि उल्लेखित सजाए बेरुजु रही फरार रहेका देउजालाई रानीवन काठमाडौबाट पक्राउ गरेको सिआइबीले जनाएको छ । घटनाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*