टिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

२०७६ जेष्ठ २९,बुधबार १६:५४

सुर्खेत २९ जेठ । सवारी दुर्घटनामा परी सुर्खेतबाट प्रकाशन हुने ‘पहिन दैनिक’का सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दबहादुर गेलाङको मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा ५ ख १६८३ नम्बरको टिपरको ठक्करबाट भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पत्रकार गेलाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार, छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि टिपर चालक फरार रहेका छन् । उनको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*