बैतडीमा २ सय ४८ जनाले पाए प्रधानमन्त्री रोजगार

२०७६ जेष्ठ २९,बुधबार १६:१५

बैतडी २९ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत बैतडीको पुरचौडी नगरपालिकाले २ सय ८४ जनालाई रोजगार दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ६ हजार २ सय ४८ जनाले आवदेन दिएका थिए । जसमध्ये ९३ जना महिला र १ सय ९१ जना पुरुष गरि २ सय ८४ जनालाई प्रधानमन्त्री रोजगारका लागि छनौट गरी रोजगारी दिईएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिका तथा वडाले सञ्चालन गरेका विभिन्न विकास निर्माणका काममा लगाउने जनाएको छ ।

छनौट भएकालाई कम्तीमा ३० दिन र बढीमा ४० दिन प्रतिदिन ५ सय १७ रुपैंयाका दरले ज्याला दिईने भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*