ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सुमो चालक चौधरी पक्राउ

२०७६ जेष्ठ २९,बुधबार १५:४७

काठमाडौं २९ जेठ । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सुमो चालक उदयपुर स्थायी घर भएका ३९ वर्षीय आशाराम चौधरी पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई घुस दिने टाटा सुमो चालक चौधरी बुधबार बिहान पक्राउ परेका हुन् ।

अव्यवस्थित ठाउँमा लापरबाही तरिकाले से १ ज ४८४ नम्बरको सुमो चालक चौधरीले ट्राफिक प्रहरीले कागजपत्र माग्दा प्रभाग प्रमुख इन्सपेक्टर ठाकुरलाई ५ सय रुपैयाँ घुस दिएका थिए ।
प्रहरीले चालक चौधरी नियन्त्रणमा लिई सिभिल प्रहरीलाई बुझाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*